
मृत दूनको एक भरिया
भोकले बिझाएको शिथिल हाडछाला
विपूल बोझले लड्खडाएर
एक आपसमा स्वतन्त्र बन्ने प्रयासमा
परितप्त रक्त—पसिनाले गिल्गिलिएको छ ।
वर्षाते जलधारामा नाँचेको
पहाडी टुप्पाका देहाती झुप्राहरु,
शोषण र चुसाइले चाउरिएर नाङ्गिएका
आफ्नै स्वामित्वमा नभएका मधेसी तृणकुटीहरु
यी भन्दा पनि जीर्ण भग्नावशेष
तण्डुल र चुनाको किम्मती गासलाई
पूरै दिनको बेचबिखनको मुल्यले
एक नशालु प्यालाको रगिंन दुनियाँले मेटेको छ ।
जिन्दगीका कयैन् आशा र सपनाहरुको रफ्तारमा
उहि रगिंन संसारको गर्तमा
उसले आफ्नो बालबनिताको प्यास विलाएको छ ।
सीमाहिन आश्रयले मृतप्रायः उपत्यका
विकट महामारी नबनेसम्म
उ आफ्नो असली चेहेरा देख्न सक्दैन ।
यहि चपरीमा टेकेर
निर्जन सहरसँगको सौदाबाजीमा
नोकरशाहको अफ्वाह र ठूआमा
आफ्नै स्वार्थले चिमोटिएर
कसैको जोलियाको जरह
आफ्नै जिजीविषामा दुखाउनु मात्र हो ।
रौद्र तन्देहमा,
पुर्खौली विरासतको असीमित गुन
मानवशुलभताको बज्रपातले पिल्सिएर
उसले उमारेको कोमल मृत्युको अहिस
होहल्ला र अनियन्त्रित रङ्गमञ्चमा
चनकमन्द पात्रको विश्रामबारी
र उसका अजेय, अभिरु भावभङ्गीको
नाटकिय उत्कट विजिगीषा
सांसारिक ललहरीले विप्रलब्ध छ ।
उ आफ्नै कारणले खाली छ
उ सायद प्रारब्धले नै रित्तो छ
उन्नत मानव बस्तीमा, मानविय हाँचले पनि
उसले खुकुलो श्वास नभेट्नु
र यो घिउ नलाग्ने हुज्जतीमा
मेरो खल्वाटको क्षेत्रफल बढाउनुमा
म मान्छे माथि क्रोध छ ।
उसका चिरसञ्चित जोसहरु
कुनै समयको गम्भिर मुल्यको सामथ्र्यमा छ,
उसका खिइएका हाडछालामा
![]() |
Che Guevara |
मानव अवमूल्यनले विद्युतीकरण गर्दैछ ।
तर आज,
श्रमशक्ति मुल्यहिन बनेको छ
मानव हृदयमा काँडा उम्रेका छन्
कठोर दुर्दम श्रम नियती बनेको छ
आज केही बाध्यता छैन,
कोही भोकले मर्नु –उसको मौलिकता हो
कोही नबाँची मर्नु –उसको आफ्नै महत्वकांक्षा हो ।
उफ ! लाग्छ मान्छे पैसा बनेको छ
पैसै—पैसाको दूनमा उ निर्धनताले मूक छ
पैसाको थैलीमा उ पैसा खोजिरहेछ
हाय ! त्यो मृत दूनको एक अजिब भरिया ।।।
रत्नपार्कको खुट्टाविहिन माग्ने
लाखौं मान्छेका चालहरु
मुहार र उसका भावहरु
सायद पढ्नैका लागि बनेको जीवन
रत्नपार्क नजिकैको एक जिर्ण पुस्तकालय ।
अनुभवहरुको खडेरीमा
निष्प्राण बनेका नवजीवहरुको
आँखा र हृदय पढ्दै र भोग्दै
उ अनुभवहरुको मृतसागरमा
डुब्नै लागेको डुङ्गाको नाविक झैं
तैरने घनिघसाइमा ओझेल पर्दैछ ।
जीवन आयुशेषको एक—दुई पाना पल्टाउँदै
पूरै पुुस्तकको सार खिच्न
उ वर्तमानमा आँत सुकाईरहेछ
रुखो बलेसींमा
वर्षौ पछिको मुुसलधारे पानीको
जिवन्त उपस्थितिको उत्तेजित हरहरलाई
एक—एक थोपा पसिनाले
रसाउँने ध्येयमा
उ कपासको थुप्रोमा थुक्दैछ ।
वृद्ध मेसिनको उग्र गतिशिलतामा
उषाको पहिलो झुल्कोसँगको स्पर्शमा
प्राकृतिक भिटामिनको रसास्वादनमा
अनवरत, अविचलित, अक्लान्त सीमसार
नौला जिवजन्तुहरुको तिर्थाटनको
उ निर्दोष साक्षि ।
पछुताउ र पराधिनता वा उत्पादनसँग
खिया लागेको पार्टपूर्जामा पनि
अभिनव जोस घुलित
सघन जिवन्तताको नौलो यात्री
उ अजेय असुर
देवता नामको छलछाममा जीवन खोज्दैछ ।
उ टीठले उभिएको मूक सालिक हैन
उसले सद्दे जिवात्मालाई बौलाहा बनाइरहेछ ,
उच्च अभिजात वर्गको स्वर्गमा
उसले भोक बोकेर राज्यलाई ललकार्दै
दोपायको मनमा समेत विष उमारेको छ ।
निर्धनता र दरिद्रताले जर्जर
मानव हृदयको भोको खाडलमा
उसका संघर्षका हस्तचापहरु
विशाल उब्जाउका सामथ्र्यमा थिए
आज ढोंगी मानवको रुखो बसाईमा
एकमुठ्ठी जीवनको पासोमा
उ एक इत्तरो ब्याधी बनेको छ ।
मान्छेमा मान्छेको दरकार नहुनु
स्वयम् अग्लनुको भिमकाय स्वार्थमा
मान्छे द्रव्यपिचासको दुरागम निशब्दमा छ
न मान्छे बाँच्नुमा मानव जोखिन्छ
न कुनै दरगाहाको फैसलामा दलिल जोड्नु छ
आखिर जीवनको मौलिकतामा
कोही प्रताडित हुनुले के महत्व राख्छ र
फगत आफ्नो दिल्लगी गुमाउनु ।
तर कोही नदुख्नुमा
उ कसोरी जिउन सम्भव छ
मानव हुनुको उच्च शुन्दरतामा
पामरजनसँगको भुजपासले विकृत
एकाध विष वृक्षसँग
उसले अस्तित्वको भिख मागिरहेछ
विकलाङ्गतामा पनि अगम्य पहाडसँग
अनवरत सिँगौरी खेल्दै
उसको थाप्लोमा नाच्ने लगन
रत्नपार्कको कर्मकाण्डिय कोपभाजनमा
दिनहुँको बजारबाजीमा उपस्थित बनेर
मेरो एक सिक्काको लिस्नुले
उसको पहाड चढ्ने सपना
म भन्दा पहिल्यै माटोमा मिल्न सक्छ
तर उसले खोजेको आत्मियतामा
म रुखो बनेर मान्छेहिन बन्नुमा मलाई औधी खेद छ ।
सीमाको लखनलालमध्ये पहाडको निशब्द चुहेको जरुवा
यो राज्यको सीमाको आँतको हरहरलाई मेट्न
भिमकाय पहाडहरुको नागबेली तरङ्गमा
केबल आवेसको झन्कार मात्र बन्न सक्ला,
तुच्छ भोगाईहरुको सरुवा रोगहरुमा
अझ चर्को संक्रमणको अभिनय गर्न सक्ला
किनकी उ समथर सीमामा आगो लगाइ
उकालो उच्च पहाडको दरबारमा
अमृतरसको अचमानीले सुरक्षित देख्ला
तर मृत्युवरणको दोस्रो प्रतिद्वन्दि
पहिलोको मृत्युको उल्लासमा
उन्मत्त विलासी कोपभाजनले
आफ्नो छातीमा पोतिएको छपान मेट्न सक्दैन ।
जिससको छातीमा किला ठोकिँदा
उनको कुनै दासले अनन्य अनुभुत गर्न सक्यो ?
जालन्धरको उछृङ्खलताको नाममा
बृन्दाको सतित्व विष्णुले लुट्दा
कुन उनको दासले थुक्न सक्यो ?
नारीहरुको चरम दलनमा
कुन उनको दासले मोहम्मदलाई औंला उठायो ?
आखिर अनुपमेय अनुभूतीहरुसँगको स्वामित्वलाई
बजारीकरणको चर्को नाराबाजीले
वा कुरुप कुकृत्र्यहरुलाई कुलको नामले
उसका चरणकमलको धुलो चाट्नेहरु
वितत अफवाहमा सम्मान देख्नेहरु
आफ्ना घिनलाग्दा कर्महरुको
निर्दोष आवरण जोडिरहेछन् ।
आफ्नो स्वाभिमान छातीमा
निर्मम संगिन रोपिँदाको अनुभूती
सीमाको लखनलाल भन्दा सायद अरुसँग छ ।
पाकोवयको खुम्चेका मांसपेशीका दरारहरु
स्वामित्वको झुत्तिखेलाईमा छिया–छिया हुँदा
यहि राज्यको अनागरिक झैँ बन्नु
फगत एउटा मृत्युको दृढ प्रतिक्षामा
सीमाको बेतलबी चप्रासी बन्नुको
भोगाइको अनकण्टारमा, कोही अरु माटोमा उभिएर
कुटुक्क मन दुखाउनु, गोही आँशुमात्र हो ।
चोरको हातमा ताल्चा सुम्पेर
त्यहि सन्दुसमा सुरक्षा खोज्नु
वा उसको बफादार सहचर बनी
उसका गुह्य पदचापहरुको दासी बन्नु
के त्यो माटो, लखनलालको आत्मा बन्नसक्छ ?
भोक प्यास बेगर पूरै बचाइ खर्चनुमा,
कुन स्वार्थले सम्भव छ ?
बाघसँग सिँगौरी खेल्नु
आफ्नै टाउकोमा कोहि नाच्नु
एक्लै निशस्त्र फौजियुद्धको प्रतिरोध गर्नु
छोरी–बुहारीको अस्मिता खोसिनु
लुटपाटको आतङ्कमा सर्वस्व गुमाउनुको
वयैक्तिक भोगाइ मात्र माटोको खतिर ?
अब सम्भव छैन,
उसको स्वार्थ र इच्छामा नजोडिएर
आफ्नो सिमाङ्कनको सुरक्षा गर्न
उसले लुटाएका छोरी–बुहारीका अस्मिताको
मुल्य र निराकरण गर्न
पहाड वा हिमालको टुप्पोमा
आफ्नो जग भत्काएर निर्भिक उभिरहन
तर, यहाँका ज्यामीबाहेक
कोहि पनि दलालीहरुको स्वार्थमा
लखनलालको स्वार्थको विलय हुदैन
आखिर नमिलोस्,
उ लखनलाल कहिल्यै पनि झुक्दैन
उसको रगत नै नझुक्नका लागि उम्रन्छ
उ नझुक्नका लागि निर्मित स्तम्भ हो ।
आज सिठ्ठि बजेन
चुपचाप रमिते मेरो नियती हो
मेरै कलुषमा मेरै कटाक्ष
त्यसैले त म मा खोई —त्यो मान्छे भेट्दिन ।
यो दूनको अस्तुमा ठोकिएर
म मान्छे मरेको निर्जीव मुढो छु ।
कुमारी प्रकृती,
हाम्रो कर्कस टोकोसोले
बलाद् क्षत–विक्षत भएकी छिन्
हामी हाम्रो लगनमा गर्वित छौँ
र त हामी हाम्रो कर्ममा
क्रितदासहरु सहज जन्माउन सक्छौँ
र हामी जुम्ली उद्रामा मानव खेती गर्न सक्छौँ
मूक संवेदनालाई बुलन्द पार्न सक्छौँ ।
स्फटिक मानिसको कुकृत्यको
जलसँगको आलिङ्गनले
कुरुप बनेका बाक्ला नदीहरु
हिड्नै नसकेर असक्त हुँदा
यहाँको अब्बल सभ्यताको तुजुक
यहाँका तन्नेरी झैँ नाङ्गिदै छ ।
धुल मसीको अमूर्त विशालु छाना मूनी
उमेर पुगेका गोलभेंडा झैँ
एक अर्काका बैरी बनेर
पुरै टोकरी माथि जाइलाग्नु
मानवमनका क्षितिजिय कुइनेटोको
कालो बादलको काँठ धमिल्याउनु हो ।
जीवन प्यासको रङ्गिन सपनामा
पहाड—तराईका दुर्गन्ध बोकेर
गहिरो खोँचको गन्तव्यमा
जम्मा भएको आहालको आहत भन्दा
यो बाग्मती सभ्यतामा हुर्केका
दुर्गुण किटाणूहरु — त्यस आहालको पोषणले मात्तिएर
यो देशको पुरै शरिरमा घाउ खटिरा उमारेका छन् ।
जो आफूलाई उन्नत सम्झन्छन
ती विषालु किटाणूहरु,
पहाड—तराईका अब्बल भूमीपूत्र माथि
आफ्नो सर्वाङ्ग लाज ढाक्न
केत्तुकी काँडा बनेर घोच्छन् ।
विवसताले वीर बनेका लौह मानव
यस दुर्गन्धनगरीको सम्पूर्ण फोहरमा
आफ्ना सन्तान र भविष्यको अमृतरस देख्ने
शहर सर्वाङ्ग भोग विलासमा उन्मत्त हुँदा
चिसो प्रहरसँगै निर्मम ज्यानको भारी बोकेर
निर्जन शहरमा एकलकाटेँ सिठ्ठि फुक्दै
यी विलासी सत्ताका असाधारण धोविहरु
यो सुँगुरको खोरमा भकारो पखालिरहेछन्
लाग्छ यी यहाँका औषधिहरु हुन
जसको अनुपस्थितिमा यहाँको सुँगुरहरु,
सबै महामारीले ऐठ्ठन हुन्छन् ।
कायर परिस्थितिको निर्बल गुलामीहरु
दौलतजडित निर्जीव हृदयसँग
छिः छिः र दुर्दुरको निस्सा खोज्दै
अमानवको मानववेतर प्रतिमा देख्दै
मानवको एकमात्र अधिपसँग
अनुपादेयको रुढ चरित्रको ठम्याईमा
सम्भ्रान्त औ मानव मात्रको दर्पभित्र
मानव बन्ने लालसा बोक्नु
एक निमेषका स्वर्णिम कल्पवृक्षको आलिङ्गन
सिसा झैँ टुक्रा—टुक्रा बन्नेछ ।
मिर्मिरेको कुकुर भजनसँग नब्युँझेर
आज मेरो स्वप्न पुरै हेर्न पाउँदा
स्मृतीमा नाचिरहेको अवशेषसँग झुम्दै गर्दा
एउटा बर्बर विहानीको स्वागत
जो आज त्यो तूष्णीकको सिठ्ठिसँग
झन्झनाएर मेरो निचताको मञ्चनबाट
अतृप्त निरस नाट््यशालामा
त्यो विकट पात्रको अनुपस्थिति
एउटा सबक चखाउने खेल बन्यो ।
हाम्रा पराक्रमका जोसिलो अर्तनादहरु
उसको मृत्युमा शोकधुन जस्तै
महामारीको आतङ्कको दुन्दुभिभित्र
शिलालेखोटको उत्खनन्को
घनिघसाइको गोलचक्करमा
दुर्गन्धित नाङ्गो हातको हस्तछाप
उसका नाङ्गो श्वासप्रश्वासमा
नचुकचुकाएका हाम्रा हृदयका कोषिकाहरु
उसको कुकुर मृत्युमा उदासिन
राज्यनामको लुट सिमाङ्कनमा
यस सहरी सभ्यताको मेल खानु
कुनै गम्भिर त्रुटी हुदै होइन ।
बाग्मती सभ्यताको गुह्यचटकहरुमा
एक जोसिलो वीर सिपाईको मृत्यु
बेमतलबी, मोफती र सुन्य बन्नु
झाँगिदो मानव मरुभूमीको एक सूचक
मेरो भाडेकोठरीका आत्माहरु
अपलक मूक सालिक झँै
उसको सिठ्ठिसँग चलमलाउने
दिर्घरोगको बैद्यखानामा खोज्दै
शोकमा तिल्मिलाउने छ ।
आज सिठ्ठि नबज्नुसँग यसको ठूलो गुनासो छ
आज उ फोहर गाडावालको अनुपस्थितिमा
नियास्रो हरहरमा व्याकुल बन्ने नै छ ।
भोको विहारी

हुन त म,
राष्ट्र सिमाङ्कनको संगिन धर्कोलेबाँधिएको अवला मनुवा हुँ ।
न मलाई नेपाल भन्ने सिमाङ्कनले
उन्मुक्त विलय गराएको छ,न मेरो अन्र्तआत्मामा अंकुरित
मानव बिजलाई निमोठेको छ ।
त्यसैले त हिन्दुस्तानका चालिस करोड
मेरो हृदयको चित्रालयमा — एक÷एक उपस्थित छ,
जो म होइन,
तर पनि हिन्दुस्तानीका कोरा कागजमा
अक्षर बनेर लगातार गगां झैँ बाक्लिँदैछ ।
हुन त मलाई थाहा छैन,
चारु÷कानुले देखाएको सपनामा
ती चालिस करोडको गास छ ÷छैन
साहिबाबा वा बाबा फेसनको भक्त विलासमा
तिनिहरुको कुरुपता पखाल्ने अमृत प्याला छ ÷छैन
मान्छे हराइ हात फैलनुको बाहुल्यतामा
धुलो माथिको स्वप्न इमारत
जनचटकरुको प्रतिलोम
जल्लादहरुको भावुक श्लाघा ।
चालिस करोडको स्वायक्तता भित्र
विशाल वृक्ष छहारीमा,
अम्मली त्यो मानव
मेरो देखतस्मृतीको,
अकाट्य चित्राकृती
रहरहरुको पथपरेजमा,
स्वप्नहरुको फोगिन व्यापारी ।
भौतिक उचाइको पर्खाल भित्र
पत्थरी मानवको रुक्ष बुँदमा
दावाग्निको प्राणहरण
यो एक रहर राज्य नामको
आखिर राज्य माना होइन
तब किन बन्थ्यो राज्य अहम्
आखिर भोकको राष्ट्रियता हुन्न ।।
बालबनिताको निर्दोष अलापमा
पहाडी धुलोको पदबक्रिय घाउहरु
श्रमशिखरका श्रेष्ठ पुरुष
लौह गुन्टाको विपुल बोझले
सौदाबाजी वा एकाध क्रोधले
उन्मुक्त खिल्लाको, अहंकारको
खुन पसिनाको संक्रिण ठम्याइ भित्र
गहिरिदो डोबहरुको पदचाप मेट्न
सामथ्र्यहिन मैदानी रैथाने
मेरो बस्तीको कुना —कुना
नाङ्गो खुट्टाको रक्तछाप कोर्दै
कबाडी नामको वेतलबी अभिधामा
वा चिरहरुको गुलामी बन्दै
क्षुधा—प्यासको दैनिकी खोज्न
अग्ला मान्छेसँग — अपनत्व बेच्दैछ,
त्यो भोको विहारी ।।
आखिर भोक राज्य नै हो
मानविय उत्खनन्को शोषण हो
उब्जाउको अनुपमतासँग
श्रम सिमाको बन्धन –कमजोरी हो
लुटको धन फुपुको श्रद्धा
एक अघोषित नियत हो
त्यो विहारी, मधेसे र पश्चिमे हलिया
त्यसैको नियतगत अभिष्ट हो ।
पहाड भासिएको भोको विहारी
मुल्लान भासिएको पहाडे तरुणो
एउटै आवेगको रफ्तारमा
सिमाङ्कनको अंकिय पुर्जिसँग
श्रम—पसिनाको मुल्य खोज्न
कोही अहंकारको सिकार बन्नु
मानव श्रेष्ठताको नक्कली ढाेंग ।
चुलिँदै गएको उसको सिमा
भोकले चिढिएर पाउ पर्नु भन्दा
सम्मान साथ मुल्य खोज्नु
कृतिमताको जलपीसँग
निडर ललकारको उसको कर्म
मेरो उच्च स्नेहको पहाडसँग
मेरो कृतिमताको पर्खालसँगको
चुनौतीसँग एकगठ भएको छ ।
कसैको कृतिमताको सदस्यता भन्दा
उसले आफ्नो उद्यमको मुल्य खोजेको छ
त्यसैले त मलाई उसले बारबार दुखाउँछ,
हाय ! त्यो कठोर भोको विहारी
जसको कर्मसँग म अगम्य छु ।।।।
मुलाहिजाका दुई÷चार ध्येय
अदाच्छे भण्डारणको एकै स्वार्थ
संवेदनहिन मेसिन झैँ
खिया लागेका पाटपुर्जाकै रुपमा
आज मान्छे विकसित र उन्नत
श्रेष्ठताको अनुपम बसाइ
खुल्ला चोकको गगांलाल श्रेष्ठ ।
अजब छ यो मानव
तिर्खा छ, तृष्णा छ
एकलब्य छ, भगिरथ छ
उहि आफ्नै धुनमा
उहि दुर्गम अभिलाषाको जिजीविषामा
यो कस्तो मान्छे
उसँग छ,
दुरुह दिदृक्षा
दुस्तर चाहा
द्रवित हृदय
निष्कण्टक नृपषु
अनि प्रारब्धको विजीगिषा
आज घृणा छ म मान्छे माथि
मेरो हुज्जती माथि
मेरो मान्छेको सनक माथि
मेरो आयुशेष माथि
मेरो दुसाध स्वार्थ माथि
आज मैले देखेँ,
ती अदना, पथराहरुको जीवन
जो स्वास फेरिरहेछन
जो अझै ललकार्दै छन्
अन्धकार इतिहासको अभियन्ताहरुलाई
धत् ! म त के मान्छे,
अब बल्ल मान्छे बन्नुपरेको छ
अभिनव जीवन
मान्छे भएको जीवन
अलबत्ता अवसादले चिथोरेको नवमानव
धरतीको सात अरबको प्यास मेट्ने
श्रमधारा, अमृतप्याला बोकेको
मसाल बोकी उज्याले छर्ने
मानविय श्रेष्ठताको उच्च मुल्य भएको, किम्मती
मान्छे भएको नवमानव ।।।
निरिह जीवन .............................. २०६ २ साल
भरोसाको दिपनेर झुम्मेको छ एउटा मान्छे
खोजिरहेछ जिजीविषा आफैभित्र एउटा मान्छे ।
प्रारब्धको तरासभित्र छैन कुनै छलाङ
तन्मय छ, न उल्टाउने जरह कुनै चाहाना ।।
कोही छैन यो तूष्णीकको न छ एउटै दलिल
खोजिरहेछ आफैभित्र गर्दै दुर्दम दगलफसल ।
देखि आशा भयो देखतभूली पुग्यो क्षितिजमा
नदारत त्यो दुस्तर चाहाको फस्यो दुस्चक्रमा ।।
देख्यो बारबार दिप आशाको पुगेन् समिप् पनि
तोड्यो तितीक्षा आज आफै उसले ठूलै तर्जित्मा पनि ।
उठ्यो हृदयको क्षितिज उसको चढ्यो दुर्गम जङ्गाल
भागे ठगाहारी सब उसको हट्यो अन्धकार ।।।।।।।।
एउटा मृत्यु
२०६५साल
मान्छे मान्छे नै हो
मान्छे मान्छे बेचेर मान्छे कमाउँदैन
उसले देख्न सक्छ ।
भैँसीले आफ्नै सन्तान कुल्चन्छ
ढाडेले आफ्नै बच्चाहरु खान्छ
बोकोले आफ्नै आमाको सतित्व लुट्छ
किनकी ती अन्धा छन् ।
तर मान्छे ज्वतीमय छ
सारा धर्तीको अन्धकार चिर्न सक्छ
उसलाई आफु भरिएर सन्तुष्ट छैन
किनकी उसलाई सोमालिया, सुडान, इथियोपिया दुख्छ
अफगानिस्तान, केन्या, र इराकले घोच्छ
विहार, यु पी र दिल्लीका सडकले पोल्छ
मधेस, तराई, पहाड र हिमालका झुपडीले जिस्काउँछ
रत्नपार्क र अन्य शहरी भावभङ्गीले थिच्छ
पहाड र हिमालको दुर्गम दरारले छेक्छ
तराईको खहरे भेलको उछृङ्खलताले बगाउँछ
र पो उ मान्छे छ ।
मृत्युबोधमा मान्छे जीवन हिडाउँछ
अनि डरपखेरुले जीवन लुकाउँछ
जीवनभर दास बन्छ— नियतरुपी तिरस्कारको
उद्दारको भिख माग्छ — मृत्युसँग लुकिलुकी
कोठामा थुनिएर विश्व ब्रमाण्ड चाहर्न खोज्छ
र अवाक् पशुझैँ आफ्नै दाम्लो चाट्छ ।
खोला आफै धाउँदैन तिम्रो प्यासमा
अन्न आफै झुल्दैन तिम्रो भोकमा
सुर्य आफै तिमीसँग डुल्दैन तिम्रो शिशिरमा
त्यसैले तिमी धाउनुपर्छ÷दौडनुपर्छ
गोरेटो साँधुरो, फराकिलो वा असहज हुनसक्छ
कतै मृत्युका धरापहरु हुनसक्छन्
त्यो नै हो चुनौती अनि जीवन ।
जिन्दगी टुक्राएर हावामा उडाएर के पाउँछौ
वा बटुलेर, थुप्राएर पनि के पाउँछौ
नाङ्गो हुनु र भरिनुसँग जीवनको कुनै सरोकार छैन
यी त सब जन्मपछिका कोरा र बेतुकका स्वागत मात्र हुन
आफैलाई खुइलाएर कुरुप बनाएर भागेपछि
पालुवा र कोकिलको रसिलो बैंस बोकेर बसन्त आउँछ
हामी पनि उर्वर छौँ, लहलहाउन सक्छौँ
सियोले धर्ती प्वाल पारेर केही पनि हुदैन
एक्लै उफ्रेर ज्वालामूखी फाट्दैन
एक्लै थुकेर समुन्द्र बन्दैन
तर तिमी निम्छरो पनि छैनौ
तिम्रो मानविय अतल अगम्य छ
तिमी छद्मभेषी पृथ्वीको एकै विवेकी
त्यसैले तिमी रह बनेर जम्न सक्दैनौ
तिमी कोर्न सक्छौ आफ्नै चित्र
तिमी आफ्नै अभियन्ता
तिमी आफुजस्तैका नमूना
तिमी निगुढ छौ
तिमी आफैलाई खोज !
जीवन पराधिनतामा पछुताउँछ
अनि सुख, छेम र बैभवत्वको जिताईमा पनि
रमाउँनु त एक आवेस मात्र हो
हिमालको हिउँले पहाड चिस्याउँछ
पहाडको पसिनाले सतहको मैदान अग्लाउँछ
कसिकसाई र दकसमा एउटा कोरा विद्वान डराउँछनै
मरेपछिको दायद जोड्दै, हाम्रो समाज फाट्छ ।
आखिर माटो, बन्धन र दौलतको दिक्कत
हिरोसिमा र नाकासाकीमा पोखिन्छ
र अन्ततः व्यर्थ पराक्रम भाँचिन्छ
अनि त्यहि खण्डहर दुन्दुभि भित्र
अभिसप्त प्रतिशोधमा चेपिएर
त्यहि दुर्दम दर्पभङ्गमा माटो खान्छ
र यात्रा चिरकालको गर्भमा पुरिन्छ ।
तर मान्छे त्यति सजिलो छैन
यो आफैमा अचाँडु र अखानो पनि छैन्
उ आँखा चिम्लेर बाटो छोट्याउँदैन
कान थुनेर समुन्द्रको शालिनता पढ्दैन
र यो चाह्यो भने यो पनि गर्न सक्ला
तर उसको दुर गर्भको मन छोप्न सक्दैन
उ नचाहेर मनसँग दौडन्छ
र ऊ उसको अक्षशालामा भएको द्वन्द्वमा
कोर्रा दौडको बाध्यता खेप्छ –खेप्छ ।
उ निशब्द र सुन्य बन्न सक्दैन
किनकी उसका आँखाले नचाहेर हेर्छ
अनि उसका कानले नचाहेर सुन्छ
हुनत यो पनि दुर्दम नहोला
तर त्यो दुर्दम मन कदापि छोपिन्न
यहि हो अध्यात्म र जीवनको भेद ।
कालजयी कर्म र आत्मा हुन्छ
भौतिक शरिर त जल्छ — गल्छ
नचाहेर एकदिन हिड्न छोड्नुछ
यो त मखमली कपडा र आरन न हो ।
उसको मुल्यमा धर्ती सिँगारिन्छ
तर उहि मुल्यहिन बन्छ,
मुल्यहिन पराक्रममा पनि उ शिर ठाडो पारेर हिडिरहन्छ
किनकी त्यो नै वास्तविक गन्तव्य हो
जसमा एउटा जीवनको अवशेष छ
आशा र अपेक्षाको झिल्को छ ।
मान्छे वीर हो ध्वंस होइन
मान्छे धीर हो पहाड होईन
मान्छे काकाकुल हो चुत्के होइन
मान्छे विवेकी हो बेहोसी होइन
पृथ्वीको गर्भ खोजेर पृथ्वीको उचाई बढ्दैन
मान्छेको पुर्खा खोजेर पनि अग्लदैन
समयको गतिसँगै मान्छेको प्यास भेट्नु नै
मान्छे मान्छेविचको साँधु हो,
जसरी खडेरीमा पानी बर्षनु ।
हुन त एक्काइसौ शताब्दीको नेपाल खोज्न
इतिहासको संगा्रहालयमा दौडनु व्यथृ छ,
रत्नपार्कमा एकघण्टा उभिए पुग्छ
सिराहाको दलितबस्तिमा दुर्दुराए पुग्छ
मुगुको भित्तामा नुनिलो माटो बने पुग्छ ।
जसलाई अरुले परिभाषित गर्छ
ऊ उसकै नाम बोक्छ
यहि नियती छ, बेनामे पदार्थको
अर्काको भारी बोक्नु र उहिबाट छुट्टिनु ।
मैले अक्षर, मृत्युको मुल्य खोज्न जोडिरहेछु
एउटा मृत्यु जसले इतिहास बोक्छ
जहाँ असैह्य मृत्यु जीवन बनेर मर्छ
जसले पसिना बगाउने सिञ्चाई नहर खनोस्
जसले प्यास मेट्ने इनार खनोस्
जसले गास जोड्ने भकारी भरोस्
जसले हाँसो बग्ने किनारा देओस्
जसले मानव श्रेष्ठताको अँचेला बनाओस्
जो दिग्गज मानवको चिनो बनोस्
जो भिन्न होस्, पृथक होस्
यहाँ यहि एउटा उच्च जीवनको खडेरी छ
एउटा उच्च मृत्युको खडेरी छ
जो तिम्रो हृदयमा गड्गडाएर
तेज वर्षितमा आतुर छ
जो मेरो जीवनको दैनीक सपनी छ
तिमी तिम्रो मान्छेलाई सोध —तिम्रो मान्छेलाई नथुन
किनकी तिमी नै एक, यस धराको
सुकेका आँतको अमृत प्याला हौ
मेरो सपना मेरो एउटा मृत्युको प्यासी छ ! ! ! ! ! !
कवि, कविता र माइली सर्किनी
२०६६ साल
म प्रकृतीको विलासितालाई कोरेर
मान्छेले भिराएको नारकियतालाई छोप्न सक्दिन
किनकी म अनियन्त्रित र असक्षम कवि हुँ
र अनियन्त्रित र असक्षम कवि
प्रकृतीको मनोरमता र शुन्दरतामा
अझै नानाभाँती रङ्ग पोतेर
कल्पनाको शुन्य दलदलमा भासिन सक्दिन
फिक्का लाग्छ त्यो — कवि र रविको तुलना ।।
म मुख हेरेर मान्छे चिन्छु
बोलि सुनेर चिन्छु
किनकी त्यो प्रकृतीको कृतिमता भन्दा विचित्र छ
यसमा प्रकृतीको शालिनता भन्दा उछृङ्खलताको बिम्ब छ
र यो नाश्वर देहको जीवनचक्र
प्रकृतीको भन्दा अथाहा छोटो छ
यसले धेरै देह फटाउँछ
र त म मेरो बाबुको दैनिकी पढ्छु ।।
यो एक तमासा बीचको नियात्रा कविता
दुर्जनहरुको भागबण्डा बीचको भविता
अशिष्ट–आसकवृतीको आसन्दी आख्यान
मनप्यासको उत्तेजित दाशवृतीको वृतचित्र
यहि अनुपादेय पटासीको एक बेमेल
पसिनाको पनि दुई मुल्य— लाज छोप्न
यहि धरतीको एक मनश्चक्षु —एक विवक्षा
मनमञ्जरीको एक निर्देश,
रातो कपडामा बेरिएको लोखर्के ।।
मैले जीवन खटाएर बाँच्न सकिन
त्यसैले रित्तो भएर खोजिरहेँ
रित्तो छु र त भरिन सक्छु
भरिएकाहरु पोखिन्छन् –पोखिन्छन्
त्यहि यो अचलाको डर हो
कतै त्यो पोखाईले चिप्लाएर
मेरो अनुताप मा¥यो भने
म अधीर जनगणना गरिरहन्छु ।।
मानव–मानवको उछित्तो भेद
स्वार्थगत आलिङ्गनको एक बेमेल
तर यो दिदृक्षुको नामूद रहजनी
लवारपाणे विद्वत्वको अहन्ता
भिल्लाहरुको पोल्टोको चिल्ला पत्थर
तनमन माथिको विवसतालाई
अपेक्षाको मरुभूमीमा —शितलताको एक छहारी
नक्षेत्रका रश्मि छोपी
आँखा अघि स्वर्ग खोज्ने
झरना बोक्ने थाप्ले ढुङ्गो ।।
न बेगारी त्यो प्राप्तिको
न लाचारी दीनहिनताको
न प्रमिथस अचुक उन्मुक्तिको
न दिगम्बर त्यो जन्मजातको
केबल मुलाहिजा सस्तो छापको
क्षणिक आवेग वेदत्वको
औपचारिक ढोंगको बसिबास त्यो
आँखा खोल्दा धर्ति रुझ्ने
विवसता माथिको प्रहार त्यो
र पनि मेरा हस्तचाल—
क्यानभास भित्र आँशु जोड्छ ।।
अङ्ग–रङ्गले सिँगारेर
मिथक—बिम्बले चुल्याएर
चुत्केले झै ब्याज खोज्न
सात पुस्ताको त्यो घनिघसाइ
व्यर्थ लुट बजारबाजीको
सृजना नामको जालो भित्र
गुुटमुटाइ त्यो कोमल हृदयको
आखिर रेहेछ कविता एक रमिता
र त म त्यहिँ झुमी छमछमी नाच्छु ।।
तृणकुटी भित्रको अँध्यारो वस्तुमा
लाजै मर्दो चीरहरण
आँशुहरुको जलधि भिध
प्रचारबाजीको गरिष्ट दर्प
भग्नावशेषको भोको आँत
उचाईको विपुल प्यास,
समता, बन्धुत्व र कर्मको मुल्यसूची
हाडछाला घोटिघोटी चन्दनको आश
कृतध्न जनजन्तुको एक मुस्कान
टीठ—उपकारको पतित ढो्रंगभित्र
एक आँशु मानवको
आखिर छोटो स्वभाविकतामा
म कवि नामको दलाली
बचेखुचेका थोरै मानवलाई
हुर्काउने अहम सिसिफस — तुहेत्रो ।।
खुट्टा बाँधी हिड्न खोज्नु
आँखा छोपी हेर्न खोज्नु
कान थुनी सुन्न खोज्नु
त्यस्तो कल्पनाको मझेरीमा
अझै पतनको हार गुहार गर्नु
अर्को कविताको देह जोड्न
आखिर यति नै रहेछ कविता
र त म माईली सर्किनीले छोएको पानी खान्न
किनकी म ब्राम्हण कवि हुँ ।।
जुनकिरी नै साथ हुन्छ अँघेरी त्यो रातमा पनि ।
बादलभित्र लुक्छ घाम उजेली त्यो दिनमा पनि
बाँडिसकें जीवन अखिर छाँयाभित्र लुक्न खोज्छु
छाँया पनि नभेटिने औंसीको त्यो रातमा पनि ।
दुई(तीन रातको बसाईमा मान्छे बन्न सकिन म
मान्छे(मान्छे भेट हुने धर्तीको यो साथमा पनि ।
अतीतको आँगनीमा बिउँझाउँछ मन किन
अमृत नै देख्छु किन बिषालु त्यो जातमा पनि ।
आँखा चिम्ली बाँच्न चाहे अँधेरीले पछ्याउँछ
सपनीले जिस्काउँछ छाड्दैन त्यो रातमा पनि ।
जुनकिरी नै साथ हुन्छ अँधेरी त्यो रातमा पनि ॥
मौन काठमाण्डौ
कुकुरको साम्राज्यले निलेको छ शहर
नीद खोज्ने बजारमा जलेको छ रहर ।
असभ्य त्यो जङ्गलीपन मानिसमा मौलाउँदा
हाँसो बग्ने मानिसको टुटेको छ नहर ।
विकृत त्यो कालाकर्तुत शिरमाथि चुलिँदा
मौनताको बाँध खोल्न लागेको छ कहर ।
प्रकृतीको उदेक लाग्दो सिमांकनमा बाँधिदा
नीरिहताको कुनेटोमा मरेको छ रहर ।
मेरो मुल्य किम्मती छ नजिस्काऊ भो
छातीमाथि महामारी लागेको छ लहर ।
चिहानको कुनाबाट ुश्रमिकुले चिहाउँदा
मान्छे बस्ने उद्यानमा फलेको छ जहर ।
कुकुरको साम्राज्यले निलेको छ शहर
नीद खोज्ने बजारमा जलेको छ रहर ।
मेरो मित्र रानमरतन मधेसे.
ऊ सीमाङ्कन खोज्ने घनचक्करमा कहिल्यै भौंतारिएन
न त आफ्नो पहिचान खोज्ने अगम्यतामा नै
उसले देश पढेन मैले जस्तै
र देशपुत्रको अहम्ताको घण्टा कहिल्यै बजाएन,
त्यो बढी खरानी घस्ने नयाँ नेताले झैं ।
मैले देश सोधेँको थिएँ
उसले कुन्नी धराबासी भन्दै थियो ।
उसँग मात्र दुई हात अनि आफ्ना नामका जहान परिवार
उसका पुर्खा यहि माटोमा खहरेसँग बढारिए
उसले भौतिक सीमाङ्कनसँग बिदा लिएको वर्षौ बिते
मसँग काँध नमिलाएको पनि वर्षै भईसके
ऊ मधेसको फसलपवित रोधीमा ननाचेको वर्षौ भयो
गोरु झैं ननारिएको(ननिमोठिएको पनि वर्षौ बिते
नारियोस पनि कसरी,
अर्काको विर्तामा अनि भोकको सुर्तामा ।
ऊ एउटा जीवन र जहान–बच्चा च्यापेर
बिरालोले घर सारे झैं
पहाड भासिएको धेरै भईसक्यो
सायद ऊ राजधानीको सभ्य भनिएकाहरुको बस्तीमा
दिसा–पिसाब, अस्थिपञ्जर र धुलाम्मे गन्दगी सडकपेटीमा
त्यो उच्चाट लाग्दो अशिष्टताको सिरानीमूनी
अस्तव्यस्त कोलाहाल तथा चित्कार बीच
विशिष्ट सभ्यताको रसास्वादन गर्दै होला ।
त्यो घण्टाघरले हिड्न नमानेको धेरै भयो रे
तर कसैको मृत्यु सूचक बनेर किन हिड्नु र रु
ऊ निर्विकल्प त्यहीँ मूनी छ
किनकि उसलाई बाँच्नु छ
र बाँच्न समय दौडाएर सकिन्न ।
उसले जीवनलाई सर्पले झैं काँचुली फेराएन
न कुनै एषणा वा आवेगहरुमा पिल्सायो
विवेक बन्धनले अन्धा भएका नीरिहहरुसँग
उसले आफ्नो निरपेक्षता कहिल्यै डगाएन
आफ्नो कुसुमी–हृदयका विरासत वा पदचापहरु कहिल्यै मेटाएन
र पो ऊ यत्र–तत्र वितत छ
विपूल अनि पृथुतम छ
किनकि ऊ श्रमआसक अब्धी हो
त्यही हो उसको झिझिया
त्यही हो उसको रातो बिहानी
उसले रात र भुत गाडेको छ
बिहानीको कुन्था बोकेर अभिसप्त बाँचेको छ
उसलाई थाहा छ
गाडेको मुर्दा मफत उधिन्नु ।
बिहानीले दिउसो जन्माउँछ
र दिउसो रातको नीदरीमा लोलाउँछ
र त्यही रात बिहानी खोज्ने दौडाहामा
अविरामा यात्रातुर हुन्छ
र शीतको विनु झैं
बिहानीको लाजसँग छोपिन्छ ।
तर ऊ अटल–अचल छ
न त कादम्बिनीले उसलाई मैलाएको छ
न सौदामिनीले उसलाई चम्काएको छ
उसका अगाडि सबै लाचार र नीरिह छ
उसका अगाडि शिरनमन गरेर
यो ब्रमाण्ड चराचर घोप्टिन्छ ।
न अन्तर्दिलको कुनेटोमा
निराशता र विवसताको अर्तनादले विषाक्त छ
उसले सम्र्पुण धरातललाई गिज्याइरहेछ
र लाग्छ त्यो विवस र नाजुक धरातल
जीब्रोमा लगाम लगाएर
उसको सेवा शुश्रुवा र हितमा निमग्न छ ।
त्यो उराठ र तातो अन्नभूमिबाट
उर्बरहिन प्रकृतीको परीसँग ठोकिदा
उसका खुट्टामा बिझेका सिसाका टुक्राहरु,
मानव हो वा पशुका अस्थिपञ्जरसँग चिप्लदा समेत
उसको खुट्टामा बगेको खुनसँग
उसले बदलाव बोकेको छैन
उसले अझै मान्छेप्रति
घृणा वा वितृष्णाको क्लेश समेत उमारेको छैन
उसले बुझेको छ
ऊ त्यो अनकन्टार कन्दरामा
लहलहाउने सिस्नु र अँगेरी चपाउँदै छ ।
अग्घोर र उत्कट सभ्यतातिर
बगिरहेको त्यो अविछिन्न खहरे हेरेर
उसले मार्गशिर्षको अपेक्षा अंकुरीत गरेको छ
खहरेसँगका अभक्ष्य अवयवसँग
उसले मुख गाडिरहेको छ
र त्यो अक्षुण विवसता बीच ऊ उच्छ्वसित छ
उसले अवला पशु झैं छाँदमा जेलिएर
आफ्नै जस्तै स्वरुपका मुर्तिहरुको पाउ पखालिरहेछ
लाग्छ ऊ शुन्दर मुर्तिको बेतलवी पुजारी हो,
ऊ विक्षिप्त मुस्करित छ
किनकि ऊ त्यही श्वास भएको मुर्ति चक्काईरहेको छ ।
गाफिलसँग उसको सरोकार छैन
मात्र त्यो नियात्रामा निरन्तरता दिनु छ
उसका दुई गवाक्षको के खोट
अजादीको साहित्य रच्ने
त्यो श्रष्टामनको के दोष
उसका इन्द्रियका आपणमा थापिएका
किम्मती अहिस वा तितिक्षाको
त्यो निर्दोषितामा किन जलोस
त्यो सार्वभौमिकतामा कसको प्रतिरोध रु
त्यही अभिनवतामा नै ऊ शासित छ
यो जीउँदो सवाङ्र्ग नग्न धरतीमा ।
हिमाल धुपमा आफ्नो उचाई घटाउँदछ
तर उसले गर्मिमा उचाई थुपारेको छ
किनकि त्यही समय हो, यो नराधाममा
हावा धुलोमा छोपिएर नक्कली बन्ने
अनि अरुमा आसक भई अस्मिता बेच्ने
र त्यही कुमारीत्व खोज्न भौतारिएका
सभ्य, शुन्दर र प्रगतिशिलता तर्फ उन्मुख
ती अति उच्च र उर्वरशिल श्रेष्ठ मानिस
जसको खराउमा त्यो मेरो दौंतर रङ्ग पोत्छ,
जीवनका बाँकी पाटपुर्जामा खिया लगाउन ।
त्यो त्यही भूमि हो
जहाँ कोही पहाडे(मधेसेको अफवाह खेतीबाट
अपार अदाच्छे भण्डारण गर्न सफल छन्
अनि यहि र यहाँको भूमिमा
जहाँ मेरो त्यो लगौंटियार
खालि पाना जीवनका अक्षर जोड्न
युगौं युग अविछिन्न धायो
अनि उसले मागेको भन्दा बढी नै बाँड्यो
रुखो क्षुधाको मुखमण्डलमा उसले सुन झुलायो
उसले मान्छेमा मान्छे भन्दा केही देखेन
न पहाडे, न मधेसे, न हिमाले, न ऊ, न अरु
ऊ मधेसी जमिनदारको दाश थियो
श्रम मुल्यको उसमा कुनै अपेक्षा थिएन
जिम्मेवारीमात्र सम्झ्यो श्रमलाई
तर खालि पेट कोही पाजीको किन भर्नु भकारी
आफ्नै शिरमाथिको बोझ ।
भोका, नाङ्गा तर सघन श्रमबस्ती यहि हो
प्रथम कौवल्यको बिहानी उसले टिप्नुपर्छ
झुप्रा, छाप्रा, चिथ्रा र चिथरामा
च्यातिएका सतरञ्जा मात्र सुहाउँछ
तर विवस १ बलाद् शोषण र दमन,
उन्मुक्तिको कमजोरीको बजार,
लिलामीको ताण्डब त्यो मुटुको,
कुत्सित दुसाध स्वार्थमा दुर्गमताको कसिकसाई,
आँखा चिम्ली छातीहरुको भर्याङ्ग ।
जो नुहेर उसको जुत्ताको फित्ता खोल्न लायक छ
तर उल्टो आज उसैको पाउलागी
तर पनि उसले शुन्दर मानव देखेको छ
जो उसको कल्पनामा श्रमशिल, विवेक र किम्मती छ ।
खोई उसको राष्ट्र रु
खोई उसको पहिचान रु
कुन हो उसको जनमथात रु
अनि के हो र माटो रु
उसले जीवनभर जीवन खोज्यो
जीउँने बहानामा गाँस टिप्न दौड्यो
उसले पहाड चढ्दा मधेस ल्याएन
ऊ हिमाल जाला पहाड बोक्दैन
र फेरि तराई झर्ला हिमाल बोक्दैन ।
उसले प्रत्येक हृदयको भावभङ्गी पढेको छ
तर कहिल्यै भेटेन,
पहाडे, मधेसे, हिमाले, विहारी, बर्माली, कर्माली
बेतुक, बेढब र कुरुप ढाँचा देखेन
त्यो शुन्दर र अक्लान्त मान्छेमा ।
उसले आफुलाई पनि केरेको छ
उसले देश भेटेको छैन(भेष भेटेको छैन
जहाँ अब्बल अपनत्व होस्, श्रमको
पहिचान र नागरिकता खोजेका छैन
जहाँ मान्छेको असलियत भेटियोस् ।
तर उसको देश त्यही सन्दुुस र सडकपेटी हो
अनि उसको नागरिकता त्यही ब्रस, काली, तुना र तलुवा हो
उसको ओत भन्नु त्यही घण्टाघरको छायाँ
कति दिग्गज र तिरिखुरी समुन्द्र
जो अगम्य, अथाहा र अभ्यस्त छ
त्यही मेरो दौंतर
जुत्ता पालिस गर्ने मान्छे रामरतन मधेसे
आधा घण्टा
निस्सासिदो धुल–धुवाँको मेघमाला
धर्ति फोर्ने गगनभेदी चिच्चाहाट
सघन अधरामृत माथि गन्दगी पहाड
जनजन्तुको चित्रपट यो हाम्रो शहर ।
यहि शहरको एक वृद्ध स्तम्भ
सडकपेटीको किनारा माझ
जीवन जोड्न जीवन टोक्दै
घोर घनिघसाइको बोझ थेग्दै
अचल अचलाको अटल अवयव ।
शब्दशः यो एक धृष्टता
क्षणभरको यो देखत कलिला
मनमञ्जरिको एक सुमन
चिच्चाई डो¥याउदो छ यो यात्रा पथमा
श्वास जोड्ने पिपलु खोज्दै
हरदम अकेला त्यो मूढो काय
सखर गोल र नरिवल,
एक टिन र एक पतरीको
विपुल बोझले थिचिरहेछ
तर त्यहाँ,
मेरो मानवको दुरुह अतल
अवसादले निचोेरिएर
बालुवाको खण्डहर बनाइ
आदिम मानव लडिबुडी खेलिरहेछ ।
धुसुरमुसे त्यो कालो मसान
सेतै फुलेका ती उज्याला केश
छाति उठाई, झुकेका ती वृद्ध निशानी
चिथरा, अर्धानोको उजाड पहाड
जीवन जघाँरको साँघु बोक्दै
अहर्निशको त्यो चिरजीवित जोस
फगत एक अभिधेय,
बालबनिताको त्यो जीवनपुञ्ज ।
गोटा चार बीसको जीउँदो चिहान
पाइला राख्ने उछृङ्खलताले उध्रिएर
अभाव, शुन्यताको कोरा पानामा
अक्षर जोड्ने भगिरथ प्रयत्नमा
वृद्धतन्तुको रस प्याला पिउँदै
आँखा जुदाई अग्नीपथमा
जीवन जोड्ने बुनियाद खोज्दै
आफ्नै जीवनको एक मरियाँत ।
भर दिनको त्यो जीवन दहन
सुखद उन्मुक्तिको अवशेष पोल्दै
सब निहित भुमण्डल बीच
राक्षस प्यासको खुट्टामुनि
जयजयकारको झ्याली पिट्न
घाम पानीको दुसाध बज्रसँगै
प्रतिशोधको सार्वभौमिकतामा ।
दुई मिनेटको दश बिसौंनी
पामर दम÷कफको लाचारी सम्बल
न आक्रोश, क्रोध र चित्कार
मानव सघनताको श्रम बरदान
अशक्त जाहान र बाल–बबुरोको
हृदय प्यासको धड्कन माझ
कुसुम पत्रको त्यो जजमानी
धिक्कारमुक्त मझेरीमा
दुसाध कादम्बिनीको अस्थिरतामा
निःस्पापी सौर्यको मुहार खोज्न
अनमोल त्यो रसिलो गोल
मान्छे हुनुको त्यो कचहरीमा ।
आधा घण्टा छ जीवन
आधा घण्टै छ गोरेटो
तर, धीर साहसको त्यो अब्बल नक्षेत्र
र खोजिन मैले अर्को दौैंतर
यी अभियन्ता हुन् मेरो मान्छेको
जो ललकार्दै मेरो मान्छेलाई,
सिस्नुघारी हातले पन्छाउन
अजादीको मान्छे हुल देख्न
जो मान्छे देवको पूजित हेर्न ।
मेरो हृदयको बिजुली देखि
मेरो हातले हिरन प्यास मेट्न
मेरो दर्पमा मावन रोप्दै
भिष्म, भगिरथको मिथकले
जोसिलो अर्तनाद पोख्दै
सुनको बिहानी टिप्न
एक मर्मान्वेषणी– एक अग्नी पुल्ठो बोकाई
यो अचल धराको सर्वाङ्गमा
एक वेतलबी चप्रासीको अभिधामा
माटोको अभेद्य निशानी थमाई
माटै खाए सपथमा
फेरी यस्तै अनुपम जीवनको ।
No comments:
Post a Comment